कणालीमा थप एक कोरोना संक्रमितको मृत्यु

स्काई न्यूज / असोज १७, सुर्खेत ।
कर्णालीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरीगंगा नगरपालिकाका ७२ वर्षीया एक महिलाको कोरोनाबाट शनिबार साढे ४ बजे मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका फोकल पर्सन डा. नवराज केसीले जानकारी दिए । स्वास्थ्यमा गडबडी भएपछि शुत्रबार कर्णाली प्रदेश अस्पतालमा भर्ना भएको र सोही दिन शुक्रबार उनमा संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापन भने आइतबार मात्रै गरिने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको ९ पुगेको छ ।

Translate »