बाँकेमा थप ४८ जना कोरोना संक्रमित डिष्चार्ज
असोज १९,नेपालगन्ज ।
बाँकेमा आज थप ४८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा विरामी निको हुने दर ८०.४९ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ८० जना छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि हुँदा २१ जनाको भने मृत्यु भइसकेको छ ।