कर्णालीका नेत्र रोग विशेषज्ञ सुवेदीलाई ‘आई हेल्थ हिरो अवार्ड’


स्काई न्यूज / असोज २०, सुर्खेत ।
कर्णालीका नेत्र रोग विशेषज्ञ डाक्टर शक्तिप्रसाद सुवेदी ‘आई हेल्थ हिरो अवार्ड’ २०२० बाट पुरस्कृत भएका छन् । आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्ने विश्वको मुख्य संस्था ईन्टर नेशनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस व्रिटेनले कर्णालीका गरिव, विपन्न एवं असहायको आँखा स्वास्थ्यमा पु¥याएको योगदान वापत नेत्र रोग विशेषज्ञ डाक्टर सुवेदीलाई आई हेल्थ हिरो अवार्डबाट सम्मान गरेको हो । ईन्टर नेशनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस व्रिटेनले उनलाई फ्युच्र लिडर विद्यामा सोमबार एक भर्चुअल कार्यक्रम वीच आई हेल्थ हिरो अवार्डले सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा.सुवेदी विगत तीन वर्षदेखि कर्णालीका विभिन्न जिल्लामा दृष्टि विहिनता घटाउने अभियानमा जुटेका छन् । उनले ‘आई हेल्थ हिरो अवार्ड’ प्राप्त गरेसँगै कर्णालीमा आँखा स्वास्थ्यका क्षेत्रमा काम गर्न थप ऊर्जा मिलेको बताए । उनका अनुसार अहिले पनि कर्णालीमा अन्य प्रदेशको तुलनामा अन्धोपनको समस्या बढी रहेको छ । उनले प्रदेशमा अहिलेपनि दुष्टि विहिनता घटाउने अभियान उत्तिकै चुनौतीपूर्ण रहेकाले साझेदार निकायहरु, प्रदेश तथा केन्द्र सरकारको सहयोग समेत अपरिहार्य रहेको औल्याए । अन्धोपन निवारण अभियानमा साझेदार संस्था एवं कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समेत सहयोगले ‘आई हेल्थ हिरो अवार्ड’ प्राप्त गर्न सहयोग मिलेको उनको भनाइ थियो ।

Translate »