१९ वर्षीया इगाले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि

असोज २५ , काठमाडौं ।
फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन् । अमेरिकाकी सोफिया केनिनलाई सीधा सेटमा हराउँदै उनले करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन् । फाइनल भिडन्तमा उनी एक सेट पनि हारिनन् । जितपछि इगाले भनिन्, ‘म यति धेरै खुसी छु कि कारण नै थाहा पाइरहेको छैन ।


यस्तो लाग्छ समय तीव्र रुपमा परिवर्तन भइरहेको छ ।’ इगा बिगत तीन दशकयता सबैभन्दा कम उमेरमा यो ग्राण्डस्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेकि छन् । इगाभन्दा अगाडि सन् १९९२ मा १८ वर्षकी मोनिका सेलेसले फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । (अनलाइन खबर)

Translate »