थप २२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुग्यो

स्काई न्यूज / असोज २५,काठमाडौं ।
नेपालमा आइतवार थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६३६ जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ जना रहेका छन् ।

हालसम्म क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ७५ हजार ८०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विगत २४ घण्टामा मात्र १ हजार ५५२ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । विगत २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार ४१६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमले आइतवार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं जिल्लामा १ हजार ११५ जना, भक्तपुर जिल्लामा ११० जना र ललितपुर जिल्लामा १६१ जना रहेको बताए ।

Translate »