सरसफाई सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम

स्काई न्यूज / असोज २६, सुर्खेत ।
व्यक्तिगत सरसफाई तथा व्यवहार परिवर्तन सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । अक्सफामको आर्थिक सहयोग तथा वातावरण सुधार समाजको आयोजनामा सञ्चालित उक्त दुई दिने प्रशिक्षक, प्रशिक्षण तालिम सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । वीनपाका आठ वटा वडामा सञ्चालन हुने व्यक्तिगत सरसफाई तथा व्यवहार परिवर्तन सम्बन्धि कार्यक्रम कार्यन्वयनका लागि छनौट भएका प्रशिक्षकलाई तालिम दिइएको छ । आमाका जादुमय हातहरु (एमएमएच च्याम्पियन) तालिममा व्यक्तिगत सरसफाईका कारण कोरोना भाइरस जस्ता सरुवा रोगहरुबाट बच्ने बारेमा जानकारी दिइएको हो ।

तालिममा समुदाय स्तरमा सरसफाईमा व्यवहार परिवर्तन गरी कोरोना भाइरस जस्ता संक्रमणजन्य सरुवा रोगबाट बच्न तथा रक्षात्मक विधि अपनाउन प्रशिक्षकका लागि तालिम आयोजना गरिएको स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रमका कार्यक्रम संयोजक हिमाल राजीले बताए । उनका अनुसार टोट लालिम प्राप्त गरेका प्रशिक्षकले वीरेन्द्रनगर नगरपालिकाका ८ वटा वडाका करिव ३ हजार घरपरिवारलाई सरसफाईमा व्यवहार परिवर्तन बारे तालिम दिने छन् । अक्सफामकी प्राविधिक संयोजक राधा सुवेदीले भचीवल विधिबाट सहभागिलाई प्रशिक्षण दिएकी थिइन भने कार्यक्रमको सहजीकरण वातावरण सुधार समाजका कार्यक्रम जनस्वास्थ्य प्रवद्र्धक अधिकृत मञ्जु थापाले दिएकी थिईन् ।

Translate »