पेन्सन प्राप्त गर्न बैंकमा उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था हट्यो

असोज २७,काठमाडौँ ।
निवृत्तिभरण (पेन्सन) प्राप्त गर्न सम्बन्धित व्यक्ति स्वयम् बैंकमा उपस्थित हुनु नपर्ने भएको छ । हाल कोरोनाको जोखिम उच्च रहेको भन्दै हाललाई अर्थमन्त्रालयले उक्त निर्णय गरेको हो । यसअघि निवृत्तिभरण प्राप्त गर्ने व्यक्ति हरेक ६र६ महिनामा स्वयम् बैंकमा उपस्थित भइ पेन्सन पट्टा नवीकरण गराउनु पर्ने व्यवस्था थियो ।

‘हालको विश्वव्यापी कोरोना महामारीको संक्रमणको कारणले निवृतिभरकहरु ६/६ महिनामा बैंकमा उपस्थित हुनु पर्ने व्यवस्था अनिवार्य नगर्न र हाललाई ०७७ मंसिरसम्म निवृत्तिभरण व्यवस्थापन कार्यालयमार्फत नै निवृत्तिभरण खाता सक्रिय गराइ रकम भुक्तानी लिनसक्ने व्यवस्था गराइएको छ,’ अर्थमन्त्रालयको सूचनामा भनिएको छ । यो व्यवस्थापछि निवृतिभरकहरु बैंकमा उपस्थित नभए पनि हुने भएकाले जनश्वास्थ्यको हितमा राम्रो काम भएको अर्थमन्त्रालयले दाबी गरेको छ ।

 

Translate »