२०८३ असोज १८ , आइतबार
Sky News Nepal
October 4, 2026

कात्तिक ७ गतेपछि विदेशी टीभी च्यानलबाट विज्ञापन प्रसारण गर्न नपाइने



असोज २८, काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आगामी कात्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त)नभए कार्वाही हुने बताएको छ । उक्त मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ अनुसार कात्तिक ७ गतेसम्म क्लिन फिड लागू गर्न पनि केबल सेवा प्रदायकलाई भनेको छ । उक्त ऐन अनुसार विदेशी टेलिभिजन च्यानल कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । त्यसो नभएमा कानून बमोजिम हुने पनि मन्त्रालयले भनेको छ।

मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्यूज, नेपाल केबल टेलिभिजन महासंघजस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको बारे ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले अटेरी गरेमा कानून बमोजिम कार्वाही हुने बताएको छ । कानूनअनुसार कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न मिल्दैन ।

 

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधबार
Translate »