रनर मोटरसाइकलमा भारी छुट

दशै–तिहार र छठ पर्व लक्षित योजना

स्काई न्यूज / असोज २८, सुर्खेत ।
बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले दसैं–तिहारलाई लक्षित गरेर नगद छुटसहितको अफर ल्याएको छ । कर्णाली प्रदेशका लागि रनर मोटरसाइकलको आधिकारिक बिक्रेता न्यू सुर्खेत अटो सेल्सले मोटरसाइकल खरिदमा ५१ हजार रुपैयाँ छुट दिने भएको छ । यो अहिलेसम्मकै उत्कृष्ट अफर भएको दाबी सेल्सका प्रोपराईटर मिलनकुमार विसीको छ । कम्पनीले ६ वर्ष वारेन्टीका साथमा मोटरसाईकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । यो दुई पांग्रे सवारी साधनमा पाइने सबैभन्दा बढी समयको वारेन्टी भएको दाबी कम्पनीले गरेको छ । पुरानो मोटरसाइकल एक्स्चेन्जमा न्यूनतम ३० हजार रुपैयाँ मूल्यांकन पनि दिनेछ । साथै, ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पाउनेछन् । अटो सेल्सले अहिले ८० सिसीदेखि २०० सिसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

 

Translate »