नेपाली मेडिकल ड्रोनले पायो अन्तरराष्ट्रिय अवार्ड

असोज ३०, काठमाडौं ।
नेपालमा बनेको अप्टिमाइज्ड थेरापी सिस्टम नामको मेडिकल ड्रोनले अन्तरराष्ट्रिय अवार्ड जितेको छ । गत वर्ष प्यूठानको विकट ठाउँमा क्षयरोगी पत्ता लगाउन नमूना संकलनका लागि बनाइएको उक्त ड्रोनले अमेरिकाको ह्युम्यानिटेरियन अवार्ड –२०२० जितेको हो । अमेरिकाको दि एशोसिएशन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनलले प्रत्येक वर्ष गर्ने ह्युमानिटेरियन अवार्ड जितेको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए । यो अवार्डको पुरस्कार राशी ५ हजार अमेरिकी डलर रहेको छ । अवार्डका लागि नेपालसहित ६ ओटा देश छनौट सूचिमा परेका थिए । (आर्थिक अभियान)

Translate »