सुर्खेतमा कोरोना संक्रमणबाट युवकको मृत्यु

स्काई न्यूज / कात्तिक १, सुर्खेत ।
सुर्खेतमा एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । टाइफाइडको उपचार गराइरहेका सुर्खेतको वीरेन्द्रनगर–९, का ४२ वर्षीय पुरुषको आज कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्तक पुरुषको हिजो नै कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । मृत्तकको आजै दाहसंस्कार कार्य समेत सम्पन्न भईसकेको उनको भनाइ छ । १० दिनदेखि ज्वरो आएपछि स्थानीय मेडिकल हलमा टाइफाइडको उपचार गराएपनि सन्चो नभएपछि कर्णाली प्रदेश अस्पतालमा उपचारको लागि लगिएको थियो । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

Translate »