हुम्लामा टेलिकमको भिस्याट सेवा

छपाल लामा / कात्तिक २,हुम्ला ।
नेपाल टेलिकमले सदरमुकाम सिमकोटमा पहिलोपल्ट भिस्याट प्रविधि जडान गरेको छ । हिउँदको समयमा हिमपात हुँदा टेलिकमको रेडियो लिंक बिग्रिएर टेलिफोन सेवा अवरुद्ध हुने भएपछि भिस्याट सेवा जडान गरिएको हो । भिस्याट जडानपछि स्थानीयले हिमपातको समयमा भोग्नुपर्ने टेलिफोन नेटवर्कविहीनको समस्याबाट मुक्ति पाएको टेलिकम प्रमुख शिवप्रसाद भट्टराईले बताए । उनका अनुसार सेवा सुचारु भएसँगै हिमपातको समयमा पनि जिल्लामा सबैखाले सञ्चार सेवा सुचारु हुनेछन् । ‘यसअघि टेलिकमको रेडियो लिंकले काम नगर्दा अन्य कम्पनीबाट सेवा लिइ टेलिफोन सेवा सुचारु गर्नुपर्ने बाध्यता थियो,’उनले भने, ‘भिस्याटले टेलिफोन र मोबाइकलको नेटवर्क कभरेज बढाउन पनि मद्दत मिलेको छ ।’ विगतमा नेपाल टेलिकमको रेडियो लिंकले काम नगर्दा दुर्गम भेगका बासिन्दा एक सातादेखि एक महिनासम्म सञ्चार सेवाबाट वञ्चित थिए । (कान्तिपुर)

 

Translate »