जुम्लाको तातोपानी गाउँपालिकामा कोभिड अस्पताल

कात्तिक १३,जुम्ला ।
तातोपानी गाउँपालिकाले कोभिड अस्पताल सुरु गरेको छ। तातोपानी गाउँपालिकाले ६ नम्बर वडाको ऐरेनीमा पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको हो। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ। आवश्यक सुविधा थप्दै जाने योजना रहेको उनले बताए। उनले भने, ‘आइसियु, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गरिएको छ।

‘तातोपानी गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृतको (चिकित्सक) आवेदन नपरेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताए। उनले भने अहिले दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन्। अहिले ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। गएको चैतदेखि यता १२ जना मात्रलाई संक्रमण देखिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले बताए।यस मध्ये ५जना निको भएर घर फर्किसकेका छन्। उनले भने पालिकाभरी ८ सय भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। ५० बेडको गाउँपालिकामा आइसोलेसनसमेत रहेको जनाएको छ। (थाहा खबर)