तोलामा ९०० बढ्यो सुनको मूल्य

कात्तिक १९, काठमाडौं ।
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बुधवार अघिल्लो दिनको तुलनामा रू.९०० वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९५ हजार ८०० मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रू.९५ हजार ४०० मा खरिदबवक्री भएको थियो । बुधवार चाँदीको मूल्य भने प्रतितोला रू.१ हजार २०५ मा कारोबार भइरहेको छ । नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीपछि अर्थात् चैतदेखि गत साउनसम्म सुनको आयात नै गरिएको थिएन ।


यो अवधिमा सनुको मूल्य बढेपनि कारोबार भने खासै नभएको सुनव्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार दसैंतिहारको समयमा पनि व्यवसाय सन्तोषजनक भएको छैन । बजार चलायमान नभएपछि कारोबार सुनचाँदीको कारोबार ठप्प रहेको उनीहरुको भनाइ छ । गत वर्षको असारसम्म सुनको मूल्य प्रतितोला रू.६० हजारको हाराहारीमा थियो । अमेरिका र चीनको व्यापार युद्धलगायत कारण त्यो बढेर गत आवमा रू.८० हजारको हाराहारीमा पुगेको थियो । कोरोना महामारीको प्रभावले सुनको मूल्य बढेर रू.१ लाख ३ हजार ५०० सम्म पुगेको थियो जुन अहिले झरेर प्रतितोला रू.९५ हजारको हाराहारीमा कारोबार भइरहेको छ ।

Translate »