कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन

कात्तिक १९,काठमाडौं ।
कोरोना संक्रमणका कारण पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । कोरोना संक्रमण देखिएर नर्भिक अस्पतालमा उपचाररत अवस्थामा उनको आज बिहान ६स्२५ बजे निधन भएको संघीय संसद सचिवालयका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिए । मल्लका अनुसार दशैंमा पुर्ख्यौली घर रोल्पाको मेबाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौंको नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। उपचारका क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । कार्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचारत अवस्थामा आज बिहान उनको निधन भएको हो । सीता महरा विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेको मल्लले बताए । (हेल्थपाटी)

Translate »