दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा

आईपीएलको पहिलो क्वालिफायरमा साविकको विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएर यस सिजनको फाइनलमा प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा मुम्बईद्वारा दिइएको २०१ लक्ष्यलाई भेट्ने क्रममा दिल्लीले आठ ओभरको क्षतिमा जम्मा १४३ रन मात्र बनाउन सक्यो । मुम्बईका फास्ट बलर जसप्रित बुमराहको राम्रो प्रदर्शनले मुम्बईलाई जीत दिलाउन सफल भएको थियो । उनले दिल्ली क्यापिटल्सविरुद्ध ४ विकेट लिएर आफ्नो टिम मुम्बई इन्डियन्सलाई फाइनलमा पु¥याए । बुमराहले शिखर धवन, श्रेयस अय्यर, मार्कस स्टोइनिस र डेनियल सामसलाई आउट गर्दै र दिल्ली क्यापिटलसको ब्याटइङ्ग क्रम तोडे जसअनुसार आईपीएल को यस सम्सकरणको उत्कृष्ट बलर को रुपमा पनि स्थापित हुँदै म्यान अफ द म्याचको रूपमा चयन पनि भए । आज एलिमिनेटरमा सनराईजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्गलोर भिड्दैछन् । (नेपाल टेलिभिजन)

Translate »