प्रधान समूह चुनाव प्रचारका लागि देश दौराहमा

उद्योग वाणिज्य महासंघको चुनावी चटारो

स्काई न्यूज /कार्तिक २२, सुर्खेत ।
उद्योग वाणिज्य महासंघको प्रधान समूह चुनाव प्रचारका लागि देश दौराहमा रहेको छ । महासंघका अध्यक्ष भवानी राणाको कार्यकाल सकिएको ८ महिनापछि हुन लागेको चुनावको प्रचारका लागि प्रधान समूह देश दौराह कार्यक्रम तहत शनिबार कपिलवस्तु आईपुगेको हो । सुदुरपश्चिम प्रदेशको दौराह सकेर प्रधान समूह यतिबेला लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा आफ्ना मतदाताहरुसँग भेटघाट कार्यक्रममा व्यस्त रहेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । उनले आफ्ना पक्षका सम्भावित मतदाता गनेर प्रधान समूह चुनावी प्रचारका लागि महासंघका सदस्यसँगको सुपरफास्ट भेटवार्तामा रहेको जनाए ।

चुनावका लागि अब एक महिनाभन्दा कम समय रहेकाले दुबै पक्षले कोभिड समयमा पनि सदस्यहरुसँग भेटवार्ता बढाएर भोटका लागि आग्रह गरिरहेका छन् । गत वर्ष चैत अन्तिममा महासंघको साधारण सभा गरेर नेतृत्व हस्तान्तरण गर्ने तयारी गरिएपनि कोभिडको संक्रमण बढेपछि महासंघको साधारणसभाको मिति सर्दै आएको थियो । आन्तरिक दबाब बढेपछि महासंघले कोभिडको संक्रमणकै बीचमा चुनाव गर्न सकिने मोडालिटी बनाएर मंसिर दोस्रो साता साधारणसभा र चुनाव पक्का गरेको छ । सरकारसँग अनुमति लिएर मंसिर ११/१२ मा महासंघले काठमाडौंमा साधारणसभा र १३ गते नै नयाँ नेतृत्वका लागि चुनाव गर्दै छ । महासंघमा गोल्छाको अध्यक्ष पद पक्का भएकोमा वरिष्ठ उपाध्यक्षसहित अन्य ३ उपाध्यक्ष र सदस्यका लागि चुनाव हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनाव लड्दै छन् । प्रधान प्यानलबाट वस्तुगततर्फ अन्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योतिले रहेका छन् ।

Translate »