थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९

कात्तिक २३, काठमाडौं ।
नेपालमा आइतवार थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या घट्दै गएको छ । योसँगै कोरोना संक्रमणबाट १ हजार १०८ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ४० हजार ७७ ओटा पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन् भने आईसोलेशनमा ३५ हजार ४१९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। हाल ४८० जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा १ हजार २९४ जना, भक्तपुर जिल्लामा ७७ जना र ललितपुर जिल्लामा १६२ जना रहेका छन् । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा होम आईसोशनमा रहेका कोरोना संक्रमितको निगरानी गर्न टोली परिचालन गरिने बताए । उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले उपत्यकाको वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आईसोलेशनमा रहेका रहेका संक्रमितको निगरानी गरिने बताएका हुन् । उनका अनुसार उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्रभावकारी बनाउन उक्त तयारी गर्न लागिएको हो ।

 

Translate »