२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

सुनचाँदीको मूल्य फेरि बढ्यो



कात्तिक २४, काठमाडौं ।
साताको दोस्रो कारोबार दिन पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.५०० बढेर प्रतितोला रू।९८ हजार २०० मा कारोबार भइरहेको छ । यसअघि आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू.९७ हजार ७०० मा कारोबार भएको थियो । यसैगरी सोमवार तेजावी सुनको मूल्य प्रतितोला रू.९७ हजार ७०० मा कारोबार भइरहेको छ । त्यसैगरी सोमवार चाँदीको मूल्य पनि तोलाको रू.१० बढेर प्रतितोला रू.१ हजार २८५ मा कारोबार भइरहेको महासंघले बताएको छ । अहिले तिहारको कारण सुनचाँदीको कारोबार बढ्न थालेको व्यवसायीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७७ कात्तिक २४ गते सोमबार
Translate »