तोलामा ३ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

कात्तिक २५, काठमाडौं ।
मंगलवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू. ३ हजार ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन मंगलवार अघिल्लो कारोबारको दिनको तुलनामा रू.३ हजार ४०० ले घटेर रू. ९४ हजार ८०० पुगेको छ । सोमवार छापावाला सुन प्रतितोला रू. ९८ हजार २०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यसमेत प्रतितोला रू. ३ हजार ४०० ले घटेको छ । सोमवार प्रतितोला रू. ९७ हजार ७०० मा कारोबार भएको तेजाबी सुन मंगलवार रू. ९४ हजार ३०० मा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला रू. ७० ले घटेर रू. एक हजार २१५ मा कारोबार भएको छ । सोमवार चाँदी प्रतितोला रू. एक हजार २८५ कारोबार भएको थियो ।

 

Translate »