सेवा प्रवाहमा लापर्वाही गर्दा जोखिम बढ्दो

कात्तिक २५,दैलेख ।
दैलेख सदरमुकामको दैलेख बजार अहिले कोरोना हटस्पटको रुपमा परिचित छ । करिव तीन सय भन्दा बढीको संख्यामा लक्षणसहितका बिरामीहरु दैलेख सदरमुकाममा छन् । रुघाखोकी देखिएकाहरुले कोरोना जाँच गर्दा शत प्रतिशतमा कोरोना संक्रमण देखिएका बेलामा सदरमुकाम दैलेख बजारमा जेष्ठ नागरिकहरु भत्ताका लागि जोखिम मोल्नुपर्ने बाध्यतामा छन् । विगत चारदिनदेखि बैंक अगाडि भिडभाड छ । अधिकांशले मास्क लगाएको देखिँदैन, सामाजिक दुरी कायम गर्ने कुरा त कता हो कता । महिलाहरु साना बालवालिका च्यापेर भत्ता बुझ्ने लाइनमा बस्न बाध्य छन्, जेष्ठ नागरिकहरुको हालत पनि त्यस्तै छ ।

बृद्ध बृद्धा र दीर्घ रोगीहरुलाई कोरोना संक्रमणको जोखिम धेरै हुने भएकोले स्थानीय सरकार र बैंकले सुरक्षा व्यवस्थापन मिलाउनुपर्नेमा झन हेला गरेको जेष्ठ नागरिकको गुनासो छ । बैंकमार्फत रकम दिने प्रावधान सुरु भएपछि सदरमुकाम दैलेख बजारको एनएमबी बैंक अगाडिको बिद्यालयमा हुलै बाँधेर आफ्नो पालो कुरिरहेका सेवाग्राही देखिन्छन । यस्तो भिडले कोरोना संक्रमण बढ्ने र जेष्ठ नागरिकलाई झन समस्या हुने देखिएको छ । सम्बन्धित निकायले तत्काल व्यवस्थापन गर्न दैलेखका अधिकारकर्मीहरुले माग गरेका छन् । बृद्धबृद्धाहरुलाई स्वास्थ्य सुरक्षाको माफदण्ड अनपाउँदै छिटो छरितो भत्ता बितरण गर्नुपर्ने स्थानीयको भनाइ छ ।

Translate »