कोरोना संक्रमणबाट बाँकेमा दैलेखकी एक महिलाको मृत्यु

कात्तिक २६,नेपालगन्ज।
कोरोना संक्रमणबाट बाँकेमा दैलेखकी एक महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका वडा नम्बर २ की ४४ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । हिजो विहान साढे ८ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी ती महिलाको पिसिआर रिपोर्ट हिजो साँझ मात्र आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार राति अस्पताल भर्ना भएकी थिइन् । कोभिडको आशंकामा मंगलबार विहान स्वाब परिक्षण गरिएकोमा साँझ रिपोर्ट पोजिटिभ आएको थियो । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
