सांसदले ठेक्का लिएको सडक अलपत्र

कात्तिक २६,मुगु ।
देशको कानुन र विकास गर्ने जनताका जनप्रतिनिधि सांसदले नै ठेक्का लिएको कर्णाली राजमार्गको नाग्म–गमगढी राजमार्ग निर्माण कार्य लामो समयदेखि अलपत्र परेको हुदा । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीले पाँच वर्षअघि नै सो सडक निर्माण ठेक्का लिएको थियो । नुवाकोटका लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक कोटाका सांसदले लिएको सडक निमार्ण हालसम्म निर्माण नभएपछि कालो सूचीमा राख्र्ने तयारी भएको छ । कर्णाली राजमार्गको ९३ किलो मिटरमध्ये पहिलो खण्डमा रहेको १३ किलो मिटरमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै निर्माण फर्मबाट काम थालिएको थियो । तर, ठेक्का सम्झौता भएको लामो समयसम्म काम नहुँदा सडक निर्माण अलपत्र परेको छ । सडक निर्माण हुन्छ सहजै रूपमा सडकको सुबिधा लिने आसामा रहेका कर्णाली बासी सडक निर्माण नहुँदा सास्ती भोकिरहेका छन् । ठेक्का लिएको अण्डको केही भागमा मात्र काम भएको छ अन्य भागमा काम नहुँदा गारो भएकोे स्थानीय बासीले बताएका छन् ।

सडक डिभिजन जुम्लाका अनुसार सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा सडक चौडा, ग्राभेल, कल्भट, कजवे, ग्याविन, मेसिनरी टेवा पर्खालको काम गर्ने गरी ठेक्का लिएको थियो तर अहिलेसम्म ६ किलो मिटर सडक अलपत्र अवस्थामै रहेको सडक कार्यालय जुम्लाका कार्यलय प्रमुख एवं डिभिजनल इञ्जिनियर लीलाबहादुर भण्डारीले तिहार अगावै काम सम्पन्न नगरे सांसद लामाको फर्मलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको बताएका छन् । पाँच वर्ष अघिदेखि नै काम थाले जस्तो गरेपनि सडक तयार नभएपछि राजमार्ग वरपरका स्थानीय बासी सहित जुम्लाका प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महत सहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाई हुनुको कारण र चुनौतीबारे डिभिजनमा सडक पुगेर जानकारी लिएका हुन । सडक डिभिजनमा सडक कार्यालयले सांसदले नै ठेक्का लिएकाले काम गराउन कठिन भएको जवाफ दिएको थियो । यो सडक बनाउने गरी ठेक्का नम्बर १२ अन्तर्गत पर्ने सो खण्डको ठेक्का सम्झौता २०७२ माघ ८ गते भएको थियो । निर्माण अवधि २०७५ पुस ७ गतेसम्मका लागि तोकिएको थियो। दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि निर्माण अवधि थपिए पनि काम अहिलेसम्म थोरै भएको देखिन्छ । सडक निमार्णका लागि लामाको फर्ममा सम्झौता भएको रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । नेकपाका प्रदेश कमिटी सदस्य तथा सिञ्जावासी पूर्णप्रसाद धितालले भर्ने सडक बनाउन जिम्मा लिएको फर्मले अहिले सम्मकाम गरेको छैन यस्था काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए छन् । उनले राजमार्ग निर्माणमा तीव्रता दिन कार्यालयलाई पटक–पटक अनुरोध गरेका पनि बताएका छन् ।(कारोबार)

 

Translate »