वरिष्ठ सञ्चारकर्मी भानुभक्त खड्कालाई कोरोना संक्रमण

स्काई न्यूज /कार्तिक २७, सुर्खेत ।
वरिष्ठ सञ्चारकर्मी तथा रेडियो नेपाल कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष भानुभक्त खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (अप्सिन) कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका खड्का बुधबार गरिएको स्वाव परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले स्काई न्यूजलाई विहीबार आफुलाई कोरोना संक्रमण पुष्टि भएको जनाए ।

‘कोरोना विरुद्ध लड्दा, लड्दै म आफै संक्रमित भएको छु,’ उनले स्काई न्यूजलाई भने, ‘म सँग सम्पर्कमा रहनु हुनेले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’ उनले आफ्नो सम्पर्कमा आएकालाई कुनै लक्षण देखा पर्ने वित्तिकै पीसीआर परीक्षण गराउन आग्रह गरे । रुघाखोकी, ज्वरो आएपनि स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा बसेको उनले जानकारी दिए । जिल्लामा कोरोना संक्रमण व्यापक भईरहेका बेला वरिष्ठ सञ्चारकर्मी खड्का कोभिड–१९, को महामारी नियन्त्रणका लागि समाचार संकलन तथा सप्रेक्षणमा खटिएदै आएका थिए ।