किशोरी तथा महिलालाई राहत सामग्री वितरण

कात्तिक २८,अछाम ।
अछामको मंगलसैन नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा कार्यमुलक साक्षरता कक्षाका सहभागीहरुका लागि राहत बितरण गरिएको छ । वाक नेपाल र यूनेस्कोको साझेदारीमा सञ्चालित कार्यमूलक साक्षरता कक्षामा सहभागी भएका किशोरी तथा यूवा महिलाहरुलाई राहत स्वरुप खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरिएको हो । मंगलसेन नगरपालिकाका–४ वडा र चौरपाटी गाउपालिकाका–२ वडा गरि ६ वडाका १ सय ६१ किशोरी तथा यूवा महिलाहरुलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरिएको हो । कोरोना भाईरस (कोभिड १९)का कारण बिशेषगरी किशोरी तथा युवा महिलाहरुमा उत्पन्न खाद्य संकट तथा सरसफाईको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ कार्यमूलक साक्षरता कक्षामा सहभागिहरु लाई खाद्यान्न र सरसफाइका सामाग्री सहयोग गरिएको वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरले जानकारी दिए ।

राहत स्वरुप प्रत्येक ठाउमा प्रति ब्यक्ति ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ किलो चिनी, २ लिटर तेल, साबुन ६ पिस, सर्जिकल मास्क २० पिस, स्यानेटरी प्याड २० पिस, ग्लोब्स लगायतका खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १ मा सामग्री वितरण गर्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले विद्यालयको पहुँचबाट बाहिर रहेका किशोरीहरुलाई साक्षर बनाउन र बृहत् यौनिकता शिक्षाका बारेमा जानकारी गराउनका साथै उनिहरुलाई राहत समेत बितरण गरेकामा धन्यवाद व्यक्त गरे । शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई नगर प्रमुख बोहराको आग्रह छ । वडा नम्बर १ का अध्यक्ष गोपाल थापाले वडामा ४२ जना किशोरिहरुलाई राहत बितरण गरेकोमा वाक नेपाललाई धन्यवाद व्यक्त गरे । यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासेनमा पनि राहत वितरण गरिएको छ । संस्थाले मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोली, वडा नम्बर १३ बस्ती, चौरपाटी गाउपालिका वडा नम्बर ६ दुनी, वडा नम्बर ७ मार्कुमा समेत राहत सामग्री वितरण गरेको जनाएको छ ।

Translate »