एक जीप अवैध मदिरा प्रहरीद्वारा नष्ट


टेकराज भण्डारी / कार्तिक २९, अछाम ।
अवैध तथा न्यून गुणस्तर मदिरा नियन्त्रणमा अछाम प्रहरी सक्रिय बन्दै गईरहेको छ । गत साउनदेखि हालसम्म करिब २० हजार लिटर न्यून गुणस्तर तथा अवैध मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले शनिबार जीपबाटै न्यून गुणस्तरको मदिरा बरामद नष्ट गरेको हो ।

प्रहरी चौकी मेल्लेखबाट खटि गएको प्रहरी टोलीले जिपबाटै न्यूनगुणस्तरको मदिरा बरामद गरेर नष्ट पारेको हो । प्रहरी टोलीले साँफेबगरबाट कुस्कोट जाँदै गरेको सुदुरपश्चिम प्रदेश १०० ज १२२३ र सेती १ ज १०३३ नम्बरको जिपमा लैजाँदै गरेको अबस्थामा प्रहरीले १ सय ५३ लिटर न्युन गुणस्तरको मदिरा बरामद गरेको हो ।

त्यसैगरी प्रहरीले टोलीले मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्धेवासिनी स्थित स्थानीय बजारमा चेकजाँच गर्दा तयारी घरेलु मदिरा १० लिटर समेत बरामद गरेको छ ।

बरामद गरिएको न्युनगुणस्तर र अवैध मदिरा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा लगायत सरोकारवाला सबैको रोहबारमा नष्ट पारिएको अछामका प्रहरी प्रमुख (डिएसपी) योगेन्द्रसिंह थापाले जानकारी दिए ।

Translate »