सुर्खेतमा साढे ३ लाखसहित २३ जुवाडे पक्राउ

(फाइल फोटो)

स्काई न्यूज कार्तिक ३०, सुर्खेत ।
सुर्खेत प्रहरीले साढे तीन लाख रुपैयाँ सहित २३ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका फरक–फरक दुई टोलीले शनिबार राती जिल्लाकै पञ्चपुरी नगरपालिका–२, श्रीचौरबाट र जिल्ला सदरमुकाम वीरेन्द्रनगर नगरपालिका–४, गौरीटोलबाट जुवा खेलिरहेकै अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । प्रहरी निरीक्षक बखतबहादुर शाही नेतृत्वको टोलीले पञ्चपुरी–२, श्रीचौरबाट २ लाख २१ हजार ६ सय ७० रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको छ भने प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले वीरेन्द्रनगर–४, गौरीटोलमा १ लाख २२ हजार ३ सय ४३ रुपैयाँसहित ८ जनालाई खालबाटै पक्राउ गरेको हो । प्रहरीले पञ्चपुरीमा जुवाको खालबाट नगदसहित ३ गड्डी तास, १४ थान मोवाईल, ६ बोतल वियर समेत वरामद गरेको जनाएको छ ।

पञ्चपुरीबाट पक्राउ पर्नेमा पञ्चपुरी–३, का ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नविन शर्मा, ५० वर्षीय चन्द्रविर रावत, २८ वर्षीय बालाराम रोकाय, ५४ वर्षीय जगतबहादुर विसी, ६१ वर्षीय अग्नि शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी, ३४ वर्षीय खगेन्द्र जैसी, ४८ वर्षीय नवराज शर्मा, १९ वर्षीय लिलबहादुर बुढा, पञ्चपुरी–७ का ३४ वर्षीय हर्कबहादुर बुढा, पञ्चपुरी–२ का कर्णबहादुर बुढा र शिव खनालसँगै बराहताल गाउँपालिका–६, का ३८ वर्षीय सुशीलकुमार बुढा र बराहताल–७, कै २२ वर्षीय चक्रबहादुर बुढा रहेका छन् । त्यस्तै वीरेन्द्रनगरबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर–४, का रन्जन शाही, वीरेन्द्रनगर–५, का ३१ वर्षीय कृष्णप्रसाद चालिसे र ४० वर्षीय लक्ष्मण भण्डारी, वीरेन्द्रनगर–६, का ५२ वर्षीय रामबहादुर लामा र २७ वर्षीय दिपेन थापासँगै दैलेख नारायण नगरपालिका–२, का ३४ वर्षीय कृष्णबहादुर थापा, हुम्ला ताजकोट गाउँपालिका–६, का ३७ वर्षीय अजविर धामी एवं बाँके नेपालगञ्ज उपमहानगरपालिका–१५, का विशाल राई रहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले हारजितको बाजी राखेर जुवा खेलेको भन्ने सुराकी पाएपछि छापा मारी उनीहरुलाई पक्राउ गरिएको जनाए । पक्राउ परेका जुवाडे माथि थप अनुसन्धान भईरहेकाले दोषी उपर मुलुकी अपराध संहित दफा १२५ अनुसार पहिलो पटकको हकमा ३ महिना कैद वा ३० हजाररुपैयाँ सम्म जरिवाना रहेको उनको भनाइ छ ।

Translate »