आज कर्णालीमा कोभिड संक्रमित शुन्य
स्काई न्यूज / मंसिर २, सुर्खेत ।
कर्णाली प्रदेशबाट मंगलबार कोरोना जितेर ७८ जना घर फर्केका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९, संक्रमण निको भई घर फर्किनेमा सुर्खेतका–६६, दैलेखका–१०, रुकुम पश्चिम र जुम्लाका १/१ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेशबाट हालसम्म कोरोना जितेर ५ हजार ८ सय ५७ जना घर फर्किसकेका छन् । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले प्रदेशमा पछिल्लो २४ घण्टामा कुनैपनि नागरिकमा कोरोना संक्रमण पुष्टि नभएको जानकारी दिए ।
उनका अनुसार प्रदेशमा हालसम्म ६ हजार ४ सय ४३ जना कोराना संक्रमित भएका थिए । प्रदेशमा संक्रमित हुनेमा सुर्खेतका २ हजार ७ सय ७५, दैलेखका १ हजार ५ सय ६८, जाजरकोटका १ सय १३, सल्यानका ५ सय ६५, रुकुम पश्चिमका १ सय ९७, जुम्लाका ३ सय ५५, कालिकोटका ३ सय ७, हुम्लाका ३८, मुगुका ३५ र डोल्पाका १५ सँगै अन्य प्रदेशका ४ सय ७० तथा भारतका ५ जना रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ । कर्णालीमा हालसम्म कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या १८ जना रहेका छन् । त्यसमा सुर्खेतका ९, दैलेखका ४, डोल्पाका १, कालिकोट १, रुकुम पश्चिम १ जना सँगै अन्य प्रदेशका २ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा पुरुष १२ सँगै ६ जना महिला रहेका छन् ।