सुनको मूल्य शुक्रवार पनि आरोलो लाग्यो

मंसिर ५, काठमाडौं ।
सुनको मूल्य शुक्रवार पनि ओरालो लागेको छ । बिहीवारको तुलनामा शुक्रवार पहेंलो धातुको मूल्य प्रतितोला रू ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू ९४ हजारमा कारोवार भएको छ । बिहीवार भने प्रतितोला रू ९४ हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रू ९३ हजार ५०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी शुक्रवार प्रतितोला रू ५ ले घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २१५ मा कारोबार भएको चाँदी शुक्रवार भने प्रतितोला रू १ हजार २१० मा कारोबार भएको छ ।

Translate »