बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

मंसिर ७,नेपालगञ्ज ।
बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय पुरुषको आज बिहान पौने ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । यसअघि गए राति पनि दाङका दुई जना कोरोना संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि गएका ४७ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भएको छ ।

 

Translate »