सुनको मूल्य एकैदिन तोलामा १८०० ले घट्यो

मंसिर ९, काठमाडौं ।
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलवार तोलामा रू.१ हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू.९२ हजार ५०० मा कारोबार भइरहेको छ । सोमवार प्रतितोला रू.९४ हजार ३०० मा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार रू.१ हजार ८०० ले ओरालो लागेको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रू.९२ हजारमा कारोबार भएको छ । सोमवार भने तेजाबी सुनको मूल्य प्रतितोला रू.९३ हजार ८०० मा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि मंगलवार घटेको छ । सोमवार चाँदीको मूल्य प्रतितोला रू. १ हजार २१० मा कारोबार भएकोमा मंगलवार भने प्रतितोला रू.३० ले ओरालो लागेर रू. १ हजार १८० खरीदविक्री भइरहेको छ ।

 

Translate »