२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

सुर्खेतमा ४ वटा अस्पतालको शिलान्यास हुँदै




स्काई न्यूज / मंसिर ९, सुर्खेत ।
नेपाल सरकारले सुर्खेतमा चार वटा अस्पतालको शिलान्यास गर्ने भएको छ । सरकारले सर्खेत जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २, अन्तर्गतका चार वटा स्थानीय तहमा चार वटा आधारभूत अस्पतालको एकैचोटी शिलान्यास गर्न लागेको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतका स्वकीय सचिव तपेन्द्र विसीले शुक्रबार जिल्ला सदरमुकाम वीरेन्द्रनगर–९, लाटिकोइली अस्पताल र पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५, बड्डीचौर अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाए । उनले नयाँ संरचना अनुसार प्रत्येक स्थानीय तहमा एउटा आधारभूत सरकारी अस्पताल निर्माण गर्ने लक्ष्य अनुरुप शनिबार चौकुने गाउँपालिका–४, विजौरा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार आईतबार पञ्चपुरी नगरपालिका–२, साल्कोट अस्पतालको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । ती चार वटै अस्पतालको शिलान्यास नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतबाट गरिने कार्यक्रम तय भएको स्वकीय सचिव विसीले जानकारी दिए । उनले १५ शैयाको विशेषज्ञ डाक्टरसहितको सेवा रहने ती अस्ताल अबको दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरि काम अघि बढेको बताए । संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरिएको छ । गम्भीर खालका रोगहरुको विशेष उपचार सेवा बाहेक प्रत्येक नागरिकलाई अन्य सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरकै अस्पतालबाट पाउने व्यवस्था गर्नका लागि सरकारले एउटा स्थानीय तहमा एउटा अस्पताल अनिवार्य बनाउने योजना अघि सारेको हो ।

 

प्रकाशित मिति : २०७७ मंसिर ९ गते मंगलबार
Translate »