सुनको मूल्य तोलामा १ हजारले घट्यो
मंसिर १०, काठमाडौं ।
बुधवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बुधवार स्थानिय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रू१ हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोवार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ५०० मा कारोवार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १ हजारले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९१ हजार मा कारोवार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोवार भएको थियो । यस्तै, चाँदी भने प्रतितोला रू. एक हजार १७५ मा कारोवार भएको छ । मंगलवार चाँदी प्रतितोला रू. एक हजार १८० मा कारोवार भएको थियो । मंगलवारको तुलनामा चाँदी प्रतितोला रू. ५ ले घटेको हो ।