३२.५१ अंकले बढ्यो नेप्से

४ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि

मंसिर ११, काठमाडौं ।
बिहीवार तेस्रो घण्टामा नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले बढेर १ हजार ९०७ दशमलव ३२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ७३ प्रतिशत बढेको हो ।

तेस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. ५ अर्ब ७२ करोड ९५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ६ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ६ ओटा समूहको परिसूचक घटेको छ । जसमध्ये सबैभन्दा बढी बैकिङ समूहको परिसूचक ३ प्रतिशतले वृद्धि भएको छ ।


कारोबारको तेस्रो घण्टामा एनएमबि माइक्रोफाइनान्सको वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत, पाँचथर पावर कम्पनीको ९ दशमलव ९५, आँखुखोला हाइड्रोपावरको ९ दशमलव ५९ र नबिल बैंकको ९ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ४६ करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६४ मा कारोबार भइरहेको छ ।

Translate »