दार्माका दुगर्म बस्तीमा सोलार वितरण

मंसिर १४,सल्यान ।
जिल्लाको दार्मा गाउँपालिकाका दुर्गम एवं विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको छ ।

गाउँपालिकाको वडा न ३ का दुर्गम बस्तीमा रहेका घरपरिवारलाई निःशुल्क सोलार वितरण गरिएको हो ।
तत्काल विद्युत विस्तार गर्न नसकिने वडाका नागरिक र हालसम्म सोलार किन्न नसकेका ३९ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

गाउँपालिकाको वडा न –३ का मैनेरी, कल्लेरी, डौरीखोला, लामजिले, कालिगिरे र दाँगबान क्षेत्रका ३९ घरधुरी र एक प्राथमिक विद्यालयलाई ५० वाटको सोलार वितरण गरिएको उनको भनाई छ ।

पहाडी साना किसान अनुकुलन आयोजनाको आर्थिक तथा प्राविधि सहयोग र दार्मा गाउँपालिकाको साझेदारीमा दुर्गम र विपन्न परिवारलाई निःशुल्क सोलार वितरण गरिएको अध्यक्ष केसीले बताए ।

आगामी दिनमा गाउँपालिकाका झन्डै दुई सय घरपरिवारलाई सोलार वितरण गर्ने योजना गरहेको केसीले बताए । टुकिको सहारामा रातमा काम गर्नु पर्ने समुदायका लागि कार्यक्रम उपयोगी भएको वडा न ३ का वडाध्यक्ष सेतिराम रोकाले बताए । सोलार वितरणले महिला तथा बालबालिकाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

 

Translate »