कर्णालीमा धान उत्पादन बढ्यो

स्काई न्यूज / मंसिर १८,सुर्खेत ।
गतवर्षको तुलनामा यो वर्ष कर्णाली प्रदेशमा ६ हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यो वर्ष कर्णालीमा १ लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष १ लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, सल्यानमा २८ हजार ९००, रुकुम पश्चिममा आठ हजार ९७६, दैलेखमा चार हजार ४४९, जाजरकोटमा १० हजार ६६५, डोल्पामा ६०५, जुम्लामा दुई हजार ९००, कालिकोटमा ९ हजार ४८९, मुगुमा सात हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले बताएको छ ।

Translate »