अबदेखि अन्तर बैंक एटीमएम प्रयोग गर्दा शुल्क लाग्ने

मंसिर १९, काठमाडौं ।
अबदेखि एउटा बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि अन्तर बैंक एटीमएम प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई पहिलेकै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले पुनः निर्देशन दिएको छ ।

Translate »