ब्राउन सुगरसहित दैलेखका एक युवक पक्राउ


स्काई न्यूज /मंसिर १९, सुर्खेत ।
सुर्खेतमा ४३० मिलि ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ गरेका छन् । दैलेखको नारायण नगरपालिका–७, स्थायी घरभई हाल वीरेन्द्रनगर–४, भैरबस्थानमा डेरा गरी बस्ने २० वर्षीय भुपेन्द्र मिजारलाई शुक्रबार लाटिकोइलीको सिद्धार्थटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप्रकाबाट प्रहरी निरीक्षक कनकबहादुर शाही नेतृत्वको टोलीले शंकास्पद रुपमा हिडिरेहको अबस्थामा चेकजाँच गर्दा मिजारले लगाएको जुत्ताभित्र लुकाएर राखेको उक्त मात्रको ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका मिजारलाई आवश्यक कार्वाहीका लागि थप अनुसन्धान प्रक्रिया शुरु भएको प्रहरीले जनाएको छ ।

Translate »