‘कोरोना भाइरस’ र ‘एमसीसी अनुदान’ गजल संग्रह बजारमा

सुर्खेतका चर्चित कवि तथा साहित्यकार रगवीर विश्वकर्माको नविनतम् प्रस्तुती


स्काई न्यूज /मंसिर २०, सुर्खेत ।
सुर्खेतका चर्चित कवि तथा साहित्यकार रगवीर विश्वकर्माका दुई वटा नविनत्म कृति बजार आएका छन् । विश्वकर्माले यस वर्ष समय सान्दर्भिक जल्दाबल्दा विषषमा केन्द्रित आम पाठकका लागि दुई वटा गजल संग्रह ‘कोरोना भाइरस’ र ‘एमसीसी अनुदान’ बजार ल्याएका हुन् । ‘कोरोना भाइरस’ गजल संग्रह मा १०३ वटा गजल रहेका छन् भने ‘एमसीसी अनुदान’ गजल संग्रहमा समेत १०३ वटा गजलहरु समावेश गरिएका छन् । कोरोना भाइरसको उत्पतिदेखि यसका लक्ष्यण, जोगिने उपाय, यसले देश र विदेशमा पारेको प्रभाव लगायतका विषयवस्तुहरु गजल संग्रहमा समेटिएका छन् । कोरोनाबाट जोगिन गरिएका तयारी र त्यसमा भएका कमि, कमजोरीको लेखाजोखा गजल संग्रहमा उल्लेख छ । लेखकले कोरोना रोकथामको सन्दर्भमा सरकार पक्षबाट जनताको अपेक्षा अनुरुप काम हुन नसकेको कृति मार्फत देखाउने कोशिस गरेका छन् । ‘कोराना भाइरस’ गजल संग्रहमा ९९ पेजहरु रहेका छन भने यसको बजार मूल्य २५० रुपैयाँ राखिएको छ ।

त्यस्तै साहित्यकार विश्वकर्माले अर्को गजल संग्रह ‘एमसीसी अनुदान’ मार्फत पनि देशमा एमसीसी किन आयो ? कुन स्वार्थबाट आयो ? र त्यसले हामीलाई कसरी हानी गर्छ ? भन्ने बारेमा जानकारी दिने कोशिस गरेका छन् । देशमा एमसीसी भिœयाउने सन्दर्भमा सरकार पक्षबाट जनताको अपेक्षा अनुरुप काम हुन नसकेको गजल मार्फत देखाउने कोशिस गरिएको छ । प्रगतिशील दृष्टिकोण राख्ने कवि तथा गजलकार विश्वकर्माले विश्वमा साम्राज्यवाद एवम् विस्तारवादले कमजोर मुलुकहरुमा आºनो हैकम र हस्तक्षेप कायम राख्न आर्थिक, सामाजिक शोषणसहित अशान्ति मच्चाउने गरेका हर्कतहरु समेत गजल मार्फत पाठक समक्ष पु¥याउने कोशिस गरिएको छ । गजल संग्रहमा समाजमा गाडिएको नकारात्मक कुराको आलोचना मात्र होइन सकारात्मक कुराको समेत पक्षपोषण गरेको पाईएको छ । परिवर्तन रुचाउनेहरुका लागि लेखिएको ९७ पेजको ‘एमसीसी अनुदान’ गजल संग्रहको बजार मूल्य २५० राखिएको छ । लेखकका अनुसार कर्णाली प्रदेशका मुख्य पुस्तक विक्रेताकहाँ गजल संग्रह ‘कोरोना भाइरस’ र ‘एमसीसी अनुदान’ उपलब्ध गराईएको छ । दुबै गजल संग्रहहरु साहित्यप्रेमी, विद्यार्थी एवं आम पाठकका लागि उपयोगी रहेका छन् ।

 

Translate »