कर्णालीका ७९ स्थानीय तहमा स्काउट पु¥याईने


स्काई न्यूज /मंसिर २०, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका हरेक स्थानीय तह स्काउटको तालिम पु¥याउने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा शुभकामना दिँदै मुख्यमन्त्री शाहीले नकारात्मक चिन्तनलाई सृजनात्मक बनाउँदै प्रदेशका ७९ वटै स्थानीय तहसँगै विद्यालयमा स्काउटको विस्तार गरिने जनाए । ‘स्वयमसेवी संस्था नेपाल स्काउटका गतिविधि मार्फत प्रदेशमा विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यमा योगदान पु¥याईने छ,’ उनले भने, ‘स्काउट तालिमका लागि आउने वर्षदेखि बजेट विनियोजन गर्दै स्यवमसेवी कार्यमा स्काउटसंग सहकार्य गरिने छ ।’ उनले युवाहरुको व्यक्तित्व विकासका लागि स्काउट अनिवार्य रहेको औल्याए ।

प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले नेपाल स्काउटको भूमिका शुरुदेखि नै महत्वपूर्ण रहेकाले प्रदेशभर विस्तारका लागि काम गरिने जनाए । उनले बालबालिका तथा युवालाई स्काउट मार्फत सहभागी गराई उनको शारीरिक, मानसिक एवम् बौद्धिक विकास गरी अनुशासित तथा स्वावलम्बी बनाईने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया देश विकासमा युवा शक्ति परिचालन गराउनस्काउटलाई विस्तार गर्ने अभियानमा जुटेको जनाए । उनले मुलुकमा थुपै्र सामाजिक संघ, संस्था सञ्चालनमा रहेपनि स्काउट काम अन्यको भन्दा फरक र प्रशंसायोग्य रहेको बताए । तदर्थ कर्णाली प्रदेश स्काउटका नवनियुक्त सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीलाई संरक्षकको भूमिका प्रदान गरिएको छ । त्यस्तै प्रदेशका सामाजिक विकास मन्त्री रावललाई स्काउटको प्रदेश प्रमुखको जिम्मेवारी दिईएको छ ।

तदर्थ ११ सदस्यीय कर्णाली प्रदेश समितिको संयोजकमा कमल बोहरा तथा सदस्यहरुमा गगन बोगटी, विष्णुमाया शाही, गणेश भण्डारी, गोपाल घिमिरे, सृजना परियार, धमेन्द्र केसी, तिलक खत्री, नरेश सिंह, जगत रोका र ज्ञानसिंह लोहार रहेका छन् । त्यस्तै स्काउटका राष्ट्रिय प्रशिक्षक कमल देउजाको अगुवाईमा ६ सदस्यीय कर्णाली प्रदेश सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा देउजासहित खगेश्वर गौतम, राजुशरण न्यौपाने, लालपुरा शाही, नैनसिंह खत्री र रुपेश भण्डारी रहेका छन् । कार्यक्रममा नेपाल स्काउटका केन्द्रीय संयोजक लोकबहादुर भण्डारी, पत्रकार महासंघ केन्द्रीय सचिव लक्ष्मी पुन लगायतले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिएका थिए । अन्तर्राष्ट्रिय स्वयमसेवी संस्था स्काउटको गतिविधि नेपालमा २००९ सालबाट शुरु भएको हो । तर २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रुपमा निर्देशित भएर गतिविधि कार्यक्रम शुरु गरिएको हो । यसको विश्वका १ सय ८६ मुलुकमा संगठन रहेको छ ।

Translate »