सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु


स्काई न्यूज /मंसिर २१, सुर्खेत ।
सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाकै पञ्चपुरी नगरपालिका—६, का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको गएराती कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो । मंसिर ९ गते कोरोना पुष्टि भएर होम आईसोलेशनमा रहेका ती पुरुषलाई स्वासप्रस्वासमा कठिनाई भएपछि अस्पताल भर्ना भएपनि शनिबार राती दुःखद् निधन भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनले ती कोरोना संक्रमित पुरुषको शव व्यवस्थापना गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको बताए । सुर्खेतमा योसँगै कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ११ पुगेको छ ।

Translate »