२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

साहित्यकार पृथ्वीबहादुर सिंहका कृतिको लोकापर्ण




स्काई न्यूज /मंसिर २२, सुर्खेत ।
सुर्खेतका चर्चित साहित्यकार पृथ्वीबहादुर सिंहद्वारा लिखित नविनतम् दुई वटा कृतिहरु बजारमा आएका छन् । वाङ्मय चौतारी नेपाल र साहित्य निकेतन सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सिंहद्वारा लिखित समृद्धिको लहरीमा कर्णाली (नियात्रा संगालो ) र शहीदको सपना (कविता संग्रह) कृतिको लोकापर्ण गरिएको हो । लोकापर्ण तथा साहित्य कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति नन्दबहादुर सिंहले संयुक्तरुपमा सिंहद्वारा लिखित ‘समृद्धिको लहरीमा कर्णाली’ र ‘शहीदको सपना’ कृतिको लोकापर्ण गरेका हुन् ।

‘समृद्धिको लहरीमा कर्णाली’ पुस्तकमा १८ वटा यात्रा संस्मरण रहेका छन् । चार सय पेजको उक्त पुस्तकको मूल्य ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै ‘शहीदको सपना’ पुस्तकमा ८० वटा कविता संग्रह राखिएका छन् । दुई सय पेजको पुस्तकको मूल्य ४ सय रुपैयाँ तोकिएको छ । कार्यक्रममा पुस्तकको समिक्षा डा.दिपक गौतम र बलभद्र भारतीले गरेका थिए । ‘समृद्धिको लहरीमा कर्णाली’ पुस्तकमा कर्णालीको विकास सम्बन्धि महत्वपूर्ण विषय वस्तुहरु समेटिएका छन भने ‘शहीदको सपना’ पुस्तकमा कर्णालीको विकासका लागि शहीदले देखेको सपना साकार पार्नका लागि थुप्रै कामहरु गर्न बाँकी रहेको कविता मार्फत देखाउने कोशिस गरिएको छ । लेखकका अनुसार दुबै पुस्तक पठनिय र रोचक रहेकाले विद्यार्थी, शैक्षिक संस्थासँगै साहित्यमा रुची राख्नेहरुका लागि उपयोगी छन् । पुस्तक कर्णालीका मुख्य पुस्तक विक्रेताकहाँ सहजरुपमा उपलब्ध रहेको लेखकको भनाइ छ ।

प्रकाशित मिति : २०७७ मंसिर २२ गते सोमबार
Translate »