कर्णालीमा ४ जनामा कोरोना संक्रमित थपिए


स्काई न्यूज /मंसिर २५, सुर्खेत ।
कर्णाली प्रदेशमा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । विहीबार पुष्टि भएका मध्ये सुर्खेतका ३ जनासँगै डोल्पाका १ जना रहेको कर्णाली प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यो सँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७ हजार ४० पुगेको छ । प्रदेश अस्पताल÷पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा ती ४ जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले जानकारी दिए । उनका अनुसार विहीबार १७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । दुई सय ६२ ओटा आइसोलसन रहेको कर्णालीमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६ हजार ५ सय ६७ पुगेको छ । प्रदेशभर नयाँ संक्रमितसहित आइसोलेसनमा रहेका र रहने क्रममा रहेका संक्रिय विरामीको संख्या भने ३ सय ३० रहेको छ । विहीबार एक जना पुरुषको मृत्युसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

Translate »