पारस खड्कालाई कोरोना संक्रमण

मंसिर २७,काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफू कोरोनाबाट संक्रमित भएको जानकारी पूर्व कप्तान खड्काले सामाजिक संजाल मार्फत् गराएका हुन् । संक्रमणकै कारण खड्काले आजदेखि चितवनमा सञ्चालन हुने गौतम बुद्ध कप क्रिकेट खेल्नबाट बञ्चित भएका छन् । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमै रहेका बेला संक्रमण पुष्टि भएको हो । पारसको स्वास्थ्य अहिले सामान्य रहेकाले चिकित्सकको सल्लाह बमोजिम उनी अहिले होम आइसोलेसनमा बसेका छन् । यस अघि बन्द प्रशिक्षकै क्रममा कप्तान ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, उप कप्तान दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र वसन्त रेग्मी कोभिड – १९ बाट संक्रमित भइसकेका छन् । आफू खेल्ने अवस्थामा नरहेपछि खड्काले सबैलाई गौतमबुद्ध कपक लागि शुभकामना समेत दिएका छन् ।

Translate »