स्वर्ण पदक विजेता श्रृतीलाई सम्मान


हालै भारतमा भएको २१ औं पावर लिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई २ स्वर्ण पदक दिलाउन सफल श्रृती कार्कीलाई सम्मान गरिएको छ । कर्णाली प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिले मंगलबार संयुक्त कार्कीलाई सम्मान गरेको हो । कार्कीसंगै पावर लिफ्टिङ्ग प्रशिक्षक एवं जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमाललाई समेत सम्मान गरिएको छ । भारतको महाराष्ट्र स्थित अमरावतीमा हालै भएको २१ औं विश्व पावर पावर लिफ्टिङ्ग प्रतियोगितामा कार्कीले नेपाललाई २ स्वर्ण दिलाएकी थिइन् । कर्णालीका सवालमा पावर लिफ्टिङ्ग नयाँ बिधा भएपनि यसको सम्भावना धेरै भएको सरोकारवालाले बताएका छन् । यता स्वर्ण बिजेता खेलाडी कार्कीले आँफुलाई सम्मान गरेकोमा खेलाडीहरुलाई धन्यवाद दिंदै आप्mनो आगामी खेल यात्राका लागि सहयोग गरिदिन प्रदेश सरकारसंग आग्रह गरिन् । कार्यक्रममा कर्णाली प्रदेश सरकारका समन्वय विज्ञ झकबहादुर मल्ल, नेकपा नगर कमिटि प्रमुख गंगाराम तिमिल्सिना, नेकपा जिल्ला कमिटी सदस्य घनश्याम पाण्डे लगायतले धारणा राखेका थिए ।

 

Translate »