गर्भवती महिलाको कोरोनाबाट मृत्यु

पुस १,नेपालगञ्ज ।
बाँकेमा उपचाररत कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको गएराति मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २६ वर्षीय गर्भवती महिलाको गएराति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । उनी ३० हप्ताको गर्भवती हुन् । यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७० जना करोना सङ्क्रमितको मृत्यु भएको छ ।

Translate »