बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

पुुस ४,नेपालगञ्ज ।
बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण कारण बर्दियाका ७२ वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो । बारबर्दिया नगरपालिका वडा नम्बर १० का ७२ वर्षीय पुरुषको गए राति भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मङ्सिर २६ गते कोरोना पुष्टि भएपछि मङ्सिर २७ गते भेरी अस्पतालमा भर्ना भएका उनको गए राति मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ७१ जनाको मृत्यु भएको छ ।

Translate »