२०८३ असोज १८ , आइतबार
Sky News Nepal
October 4, 2026

नाडाको कर्णाली अध्यक्षमा भण्डारी




स्काई न्यूज /पुस ५, सुर्खेत ।
अटोमोबाईल्स एसोसिएसन अफ नेपाल (नाडा) कर्णाली प्रदेश गठन गरिएको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा भएको अटोमोवाईल व्यवसायीहरुको भेलाले अटोमोबाईल्स एसोसिएसन अफ नेपाल कर्णाली प्रदेश गठन गरेको हो । भेलाले सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका भद्र भण्डारीको अध्यक्षतामा ९ सदस्यीय (नाडा) कर्णाली प्रदेश समिति चयन गरेको छ । समितिमा चार पाँग्रे गाडी बिक्री वितरणबाट उपाध्यक्ष सैयद अनवर अली, दुई पाङ्ग्रे विक्री वितरणबाट उपाध्यक्ष गोविन्द पौडेल, विभिन्न गाडी, मोटरसाइकल पार्ट्स विक्री वितरणबाट उपाध्यक्ष रमेश पौडेल, महासचिव प्रकाश शाही, सचिव ईन्द्रबहादुर खड्का, कोषाध्यक्ष सुशील रेग्मी तथा सदस्यहरुमा राजु शर्मा एवं यामलाल आचार्य चयन भएका छन् । नव गठित कर्णाली प्रदेश कार्य समितिलाई नाडाका केन्द्रीय उपाध्यक्ष सुवास आचार्य एवं संगठन विस्तार समितिका संयोजक प्रकाश कपुरीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २०७७ पुस ५ गते आइतबार
Translate »