मंगलवार सुन तथा चाँदीको मूल्यमा गिरावट

पुस ७, काठमाडौं ।
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा मंगलवार सुनको भाउ रू. ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ९०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९५ हजार २०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू.३०० ले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजार ४०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू.९१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, मंगलवार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमवार प्रतितोला रू. एक हजार ३२० मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।

Translate »