नेउवाम कर्णालीका पदाधिकारीले शपथ लिए

स्काई न्यूज /पुस ११, सुर्खेत ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियतको शपथ ग्रहण लिएका छन् । शपथ ग्रहण लिनेमा अध्यक्ष पदमबहादुर शाही, उपाध्यक्षद्वय प्रकाश उप्रेती (एशोसियट), रजवअली मनिहार (जिल्ला, नगर), कोषाध्यक्ष, सुधन श्रेष्ठ एवं सदस्यहरुमा झविराज खत्री, सिताराम कार्की, कविराज कँडेल, कर्णबहादुर खत्री, दिपकराज खड्का, कृष्णप्रसाद कोइराला र नामग्याल तामाङ रहेका छन् । महासंघले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा ११ सदस्यीय कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले शपथ ग्रहण लिएका हुन् । ११ सदस्यीय समितिमा सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित सदस्यलाई मुख्य निर्वाचन अधिकृत विवसकुमार बस्नेतले शपथ खुवाएका थिए ।

Translate »